November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं महानगरले सार्वजनिक गर्यो १८ अर्व ९५ करोड ७७ लाख नयाँ बजेट

2.6K

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले बजेट सार्वजनिक गर्नुभएको हो बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको उनले बताए ।

प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको उनले बताए ।

Advertisement