काठमाडौं– स्कटल्याण्डलाई हराउँदै क्रोएसिया जारी युरोकपको अन्तिथम १६मा प्रवेश गरेको छ।मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो।
क्रोएसियाका लागि निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक/एक गोल गरे गरे भने स्कटल्याण्डका कलुम म्याकग्रिगोरले सान्त्वना गोल फर्काए।
ह्याम्पडेन पार्कमा सम्पन्न खेलको १७औं मिनेटमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
खेलको ४२औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए। जारीयुरोमा युरोमा स्कटल्याण्डको यो एकमत्र गोल हो।
खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसियालाई २–० स्थितिमा पुर्याए। त्यसपछि खेलको ७७औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए।
जितसँगै ३ खेलमा ४ अंक जोडेको क्रोइसिया समूह ‘डी’को उपविजेता बन्यो। स्कटल्याण्ड भने १ अंक जोडेर समूहको पुछारमा रहँदै लिग चरणबाटै बाहिरियो ।