काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी २० जना मन्त्री स्वतः पदमुक्त भएका छन्। सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि उनीहरु पदमुक्त भएका हुन्।
२० जना मन्त्रीमध्ये केहीले १३ दिनमै पद गुमाएका छन् भने केहीले १९ औं दिनमा। जेठ २१ गते शपथ लिएका मन्त्रीहरु १९ दिन जिम्मेवारीमा रहे भने जेठ २७ गते शपथ लिएका मन्त्रीहरु १३ दिनमै जिम्मेवारीमुक्त भए।
जेठ २१ गते शपथ लिएकाहरु
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
एमालेबाट मन्त्रीबनेका जेठ २१ गते
रघुवीर महासेठ
शेरबहादुर तामाङ
जेठ २७ गते मन्त्री बनेका
राजकिशोर यादव
नैनकला थापा
ज्वालाकुमारी साह
नारदमुनी राना
मोहन बानियाँ
आशाकुमारी विक
खगराज अधिकारी
गणेश पहाडी