काठमाडौं– कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न समूह ’ए’ को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्।
ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १–१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलको २६औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा अग्रता बनाए पनि चिलीले खेल जित्न सकेन। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडालको आत्मघाती गोलले उरुग्वे र चिली १–१ को बराबरीमा रोकिए।
बराबरीसँगै ३ खेलबाट ५ अंक जोडेको चिली समूह ’ए’ को शीर्षस्थानमा छ। त्यस्तै ४ अंक जोडेको अर्जेन्टिना दोस्रोमा, ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदा १ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ। त्यस्तै जितविहीन बोलिभिया तालिकाको पुछारमा छ।
प्रतियोगितमा ५÷५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन्।