November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा

2K

काठमाडौं– डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति सम्पन्न खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे। रुसका  लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए।

डेनमार्कले खेलको ३८औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो। ५९औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए।

Advertisement

खेलको ७०औं पाएको पेनाल्टी सदुपयोग गर्दै रुसले  खेल २–१ को स्थितिमा ल्यायो। आर्टमले पेनाल्टीमा गोल गर्दै गरेका थिए।

खेलको ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को स्थितिमा पुर्याए भने ८२औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो।

पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको थियो।

समान तीन अंक भए गोलअन्तरका आधारमा रुस भने समूह चरणबाट बाहिरिएको छ। पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १–० ले हराएको थियो।