November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : स्कटल्याण्डका मिडफिल्डर बिलीलाई काेराेना संक्रमण

2.2K

काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल सहभागी स्कटल्याण्डका मिडफिल्डर बिली गिलमौरलाई कोरोना संक्रमण भएको छ।

२० वर्षीय गिलमौरले जारी युरोकप अन्तर्गत तीन दिनअघि इङ्ल्यान्डविरुद्ध भएको खेलमा ‘प्लेयर अफ दी म्याच’को अवार्ड जितेका थिए।

त्यस खेलमा स्कटल्याण्डले बराबरी खेलेको थियो। चेल्सी मिडफिल्डरसमेत रहेका गिलमौर पहिलोपटक स्कटल्याण्ड सुरुवाती ११ मा परेका थिए।

Advertisement

अन्य खेलाडीलाई भने कोरोना संक्रमण पुष्टी नभएको  स्कटल्याण्ड फुटबल संघले जनाएको छ। उनलाई अलगै राखिएको पनि बताइएको छ।