November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आजदेखि, भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै

3.3K

काठमाडौं– ‘विश्व टेस्ट च्याम्पियनशिप’को फाइनल खेल आज (शुक्रवार)बाट सुरू हुँदै छ। इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा सञ्चालन हुने फाइनल खेलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनशिपमा न्युजिल्यान्ड र भारत शीर्ष दुई टोली बन्दै उपाधिको लागि आमने सामने भएका छन्।

सो फाइनल खेलका लागि भारत र न्युजिल्यान्डको टोलीले आफ्नो अन्तिम अभ्यास पूरा गरिसकेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टेस्ट च्याम्पियनशिप को विजेता टोलीले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने जानकारी पनि दिइसकेको छ।

नेपाली समय अनुसार अपरान्ह ३ः१५ बजे शुरु हुने फाइनल खेलमा अम्पायरहरु इंग्ल्याण्डका माइकल गोफ र रिचार्ड इलिङवर्थ हुने पक्का भएको छ भने ‘थर्ड अम्पायर’को भूमिकामा इङ्ल्यान्डकै रिचार्ड केटेलबोरो देखिने छन्।

Advertisement

न्युजिल्यान्डको टिम : केन विलियम्सन ९कप्तान०, टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग।

भारतको टिम : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली ९कप्तान०, अजिक्या रहाने ९उपकप्तान०, हनुमा विहारी, ऋषभ पन्त ९विकेटकिपर०, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह ९विकेटकिपर०