November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : अष्ट्रियालाई पराजित गर्दै नेदरल्यान्ड्स अघिल्लो चरणमा

1.8K

काठमाडौं– जारी युरोपकमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ खेलको अघिल्लो चरणमा प्रवेश गरेको छ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टाेली हाे।  यसअघि बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।    

घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

Advertisement

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पाएको पेनाल्टीको अवसरमा डिपेले सहजै गोल गरे।

खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जल डम्फ्रिइजले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।
नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको अष्ट्रिया ३ अंकका साथ समूहको तेस्रो स्थानमा रहेको छ।