November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको जित

1.7K

काठमाडौं– कोपा अमेरिका फुटबलमा पाराग्वेले विजयी सुरुवात गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले बोलिभियामाथि सुरुवाती अग्रता उल्ट्याउँदै ३–१ गोल अन्तरको जित हात पारेको हो।

खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत  गोल खाँदै पछिपरेको पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। खेलको १०औं मिनेटमा इरविन सावेद्राले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

पहिलो हाफको अन्तिमतिर रातो कार्ड खाँदै जेम कुएलारो मैदानबाट बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो।
दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा फर्काएका थिए। त्यसलगत्तै एन्जेल रोमेरोले  गोल गर्दै पाराग्वेको अग्रता दोब्बर बनाए।

Advertisement

खेलको ८० औं  मिनेटमा रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे। 

जितसँगै पाराग्वे समूहको शीर्ष स्थानमा रहेको छ। उसले तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अंक बाँडेका छन्।