November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : बराबरीमा रोकियो स्पेन

1.7K

काठमाडौं– जारी युरोकप फुटबलको पहिलो खेलमा स्पेनले अंक बाडेको छ।सोमबार राति सेभियामा सम्पन्न खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

घरेलु मैदानमा सम्पन्न खेल अधिकांश समय  आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो। 
बराबरीसँगै समूह ’ई’ को स्पेनले १ अंकसहित समूहको स्थानमा छ भने समान अंक रहेको स्विडेन तेस्रो स्थानमा छ।

यो समूहमा ३ अंकका साथ स्लोभाकिया शीर्ष स्थानमा रहेको छ।स्लोभाकियाले सोमबार राति नै सम्पन्न खेलमा पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

Advertisement