November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

4.9K

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र नेता विष्णु पौडेलबीच आज (सोमबार) भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल–झलनाथ खनाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको चर्चा चलिरहेका बेला उपप्रधानमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेलले नेता गौतमसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीच भेटघाट भएको भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे नेता गौतमको सचिवालयले खुलाएको छैन । ‘उहाँहरू छिमेकी पनि हुनुहुन्छ, त्यस्तो कुनै विषयवस्तुकै लागि मात्र नभएर पनि भेटघाट गर्नु हुन्छ,’ गौतमको सचिवालयले भन्यो । उपप्रधानमन्त्री पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित गौतमकै निवास पुगेर भेटेका हुन् । विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन् ।

Advertisement