November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युराेकप : राेमाञ्चक जितसहित नेदरल्यान्ड्सकाे सुखद् सुरुवात

4.2K

काठमाडाैं- युरोकप फुटबलकाे उपाधि दाबेदार नेदरल्यान्ड्सले राेमाञ्चक जितसहित सुखद् सुरुवात गरेकाे छ। 

समूह ‘सी’ अन्तर्गत आइतबार राति घरेलु मैदान योहान क्रफ एरेनामा भएकाे खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गाेलले पराजित गरेकाे हाे।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे। एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए पनि युक्रेनलाई जित दिलाउन सकेनन्।

Advertisement

खेलकाे सुरुवातदेखि नै दवावमा राखेकाे  नेदरल्यान्ड्सलाई युक्रेनले पहिलो हाफ गोलरहित बराबरीमा राेकेकाे थियाे। तर, दाेस्राे हाफमा भने नेदरल्यान्ड्सले सनसनीपूर्ण खेल प्रस्तुत गरेकाे थियाे। 

दोस्रो हाफको ५२औं मिनेटमा कप्तान वाइनाल्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक  जर्ज बुस्कानले बचाएपनि रिबाउन्डलाई वाइनाल्डमले पहिलो टचमा गोल गरे।

वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए। डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेपछि रेफ्रीले भीएआर चेक गरेका थिए। तर, जानजान लडेकाे भन्दै रेफीले फल दिन अस्वीकार गरे। 

७५औं मिनेटमा  रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए। त्यसको ४ मिनट नबित्दै यारेम्चुकले रुस्लान मालिनोभ्स्कीको क्रसलाई  हेडरमार्फत् गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। 

खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुन: अग्रता लियो। डेन्जेल डमफ्रिजले हेडरमार्फत् गोल गर्दै टोलीलाई जित दिलाए। उनले नाथन आकेको पासमा गोल गरेका थिए।

यस जितसँगै समूह ‘सी’को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ। नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ। ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ।

अष्ट्रियाले आजै नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियाे। युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। युक्रेन तेस्रो स्थानमा रहेको छ।