काठमाडौं– खेलकै क्रममा अचेत भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन्।
युईएफएले सामाजिक सञ्जालमार्फत् एरिक्सनको होस आएको र उनलाई अस्पताल लगिएको जनाएको हो।
एरिक्सन बेहोस भएर लडेपछि युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ।
डेनमार्कको कोपनहेगनमा जारी खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर लडेका थिए। उनलाई हृदयघात भएको अनुमान गरिएको छ।
उनलाई मैदानमै सीपीआर दिइएको थियो। १५ मिनेटसम्म पनि नउठेपछि खेल स्थगित गरिएको थियो।
खेल गोलरहित बराबरीको अवस्थामा रहेको छ। युईएफाका अनुसार खेल अहिले १२:१५ बाट पुन: खेलाइने छ।