साउदी अरबबाट टर्की अथवा कतारको ट्रान्जिट मिलाएर नेपाली नागरिक फर्कन सक्ने नेपाली दूतावासले जनाएको छ ।
साउदी अरब स्थित नेपाली राजदूतावासले उक्त दुई देशबाट ट्रान्जिट मिलाएर नेपाल जान सक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको हो ।
नेपाली दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा कुनै निर्णय नभएको तर नेपाल जान चाहने नेपाली श्रमिकले टर्की वा कतार (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर जान सकिने व्यवस्था गरिएको उल्लेख छ ।
हवाई टिकटका लागि सम्बन्धित एयरलाइन्स अथवा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने सूचानामा प्रकाशित गरेको छ् ।
नेपाली राजदूतावासद्वारा जारी गरिएको सूचना
https://www.facebook.com/1204617369604682/posts/4313395148726873/?d=n