November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मंगोलियासँग किर्गिस्तान पराजित

5.3K

काठमाडाैं- फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत समूह ‘एफ’को खेलमा मंगोलियाले किर्गिस्तानलाई पराजित गरेकाे छ। साेमबार घरेलु मैदानमा मंगोलियाले किर्गिस्तानलाई १-० ले हराएको पराजित गरेकाे हाे।

किर्गिस्तानले डिफेन्डरलाई गोलरक्षकको भूमिकामा खेलाएको थियो। टोलीका सबै गोलरक्षक आइसोलेसनमा रहेपछि डिफेन्डर ऐजार अक्मातोभले गोलरक्षकका रुपमा खेलेका थिए।

मंगोलियाले खेलको ३४ औं मिनेटमा ओयुन्बतार मिजिदोर्जको गोलमा अग्रता लिएको थियो। कप्तान आयुष खुरेलबतारको फ्रिकिकमा ओयुन्बतारको हेडर डीफ्लेक्ट हुँदै गोलरक्षक अक्तामोभलाई बिट गर्न सफल भएको थियो।

Advertisement

यस समूहमा जापानको ७ खेलमा २१ अंकसाथ शीर्षस्थानमा छ।  ताजिकिस्तान १० अंकसहित दोस्रो, किर्गिस्तान ७ अंकसहित तेस्रो स्थानमा छ। 

म्यानमार र मंगोलियाको समान ६-६ अंक छ।