November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भिसाका कारण सन्दीपले गुमाए इङ्लिस काउन्टी क्रिकेट

2K

काठमाडौं– भिसा समस्याका कारण क्रिकेटर सन्दीप लामिछानेले इङ्लिस काउन्टी क्रिकेट गुमाएको छन्।  लामिछानेले सामाजिक सञ्जालमार्फत भिसा समस्याका कारण आफू इङ्ल्याण्ड पुग्न नसक्दा खेल गुमाएको बताएका छन्।

उनी समयमा पुग्न नसक्ने भएपछि काउन्टी क्रिकेट पटम वर्सेष्टरले वर्सेष्टरले अनुबन्धन गरेको थियो। सन्दीपले २७ मेमा इङ्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो।

गत मे २६ मा सन्दीपले ट्वीटरमार्फत आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रहसमेत गरेका थिए।

Advertisement

सन्दीपले सामाजिक सञ्जालमा भनेका  छन्, ‘मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दा कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ।’ 

इङ्ल्याण्डको काउन्टी क्रिकेट टी ट्वान्टी भाइटलिटी ब्लास्ट आगामी जुन ९ देखि सुरु हुँदै छ।