November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गलत सूचना फैलाएको आराेपमा दुई बर्मेली पत्रकारलाई जेल सजाय

2.9K

काठमाडाैं- सेना शासित म्यानमारमा एक अदालतले गलत समाचार फैलाएकाे आराेपमा दुई पत्रकारलाई जेल सजाए सुनाएकाे छ।

बुधबार म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले उनीहरुलाई औपनिवेशिक युगको कानूनअन्तर्गत जेल चलान गरिएकाे अलजजिराले जनाएकाे छ।

गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि गरेको रिपोर्टिङलाई अदालतले अपराधकाे रुपमा व्याख्या गर्दै डेमोक्र्याटिक भ्वाइस अफ बर्मा (डीभीबी) का औङ क्याव र मिज्जिमा न्यूजका स्वतन्त्र संवाददाता जा जा लाई दुई वर्षको जेल सजाय सुनाएको हो।

Advertisement

सेनाविरुद्ध भइरहेको प्रदर्शनलाई दबाउने क्रममा पत्रकारहरुलाई जेल हालेकाे लाेकतन्त्र पक्षधरहरुले आराेप लगाएका छन्। 

राजनीतिकरुपमा समस्याग्रस्त म्यानमारमा सेनाविरुद्ध रिपोर्टिङ गरेकाे र जनतालाई उक्साएकाे आराेपमा पत्रकारहरु ताराे बनिरहेका छन्। म्यानमारमा सेनाले ‘कू’ गरेपछि अहिलेसम्म ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै पनि हिरासतमा छन्।

म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै ‘कू’ गरेसँगै निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ। प्रदर्शनको क्रममा अहिलेसम्म ८४१ जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले बताएको छ ।