काठमाडौं– युरोकप फुटबलका लागि इङ्ल्यान्डले २६ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन्।
प्रारम्भिक चरणबाट जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाट्किन्स, मासन ग्रिनउड, बेन गोडफ्रे, बेन ह्वाइट र आरोन राम्सडेल बाहिरिएका छन्।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ। समूह डीमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।