November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नाओमी ओसाकाले छाडिन् फ्रेन्च ओपन

2.5K

काठमाडौं– जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्। फ्रेन्च ओपनबाट ओसाकाले नाम फिर्ता लिएको समाचारहरुमा उल्लेख छ । ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन्।

दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन्।

यसअघिको खेलमा मिडियासँग बोल्न अस्वीकार गरिरहेकी जापानी खेलाडी यसै कारण विवादमा परेका थिइन्।

Advertisement

पहिलो चरणमा पनि मिडियासामु प्रस्तुत नभएपछि उनलाई जरिवाना गरिएको थियो र प्रतियोगिताबाट निष्कासन गर्ने चेतावनी दिइएको थियो ।