November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा विषाक्त मदिरा सेवनबाट २२ को मृत्यु

8.5K

काठमाडौं– भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट कम्तीमा २२ जनाको ज्यान गएको छ। प्रदेशको अलिगार्च जिल्लामा विषाक्त मदिरा सेवनबाट ती मानिसको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।

उक्त क्षेत्र उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको छ।

विषाक्त रक्सी सेवनबाट यहाँका २२ जनाको ज्यान गएको र अरु केही अस्पताल भर्ना भएको यस क्षेत्रका एक प्रशासकीय अधिकारीले बताए। अस्पताल भर्ना भएकाको अवस्था पनि गम्भीर रहेको समाचारमा जनाइएको छ।

Advertisement

दुर्घटनापछि प्रहरीले सो क्षेत्रका पाँच वटा रक्सी पसल सिल गरी पसलका मालिकलाई नियन्त्रणमा लिएको छ ।