November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोपा लिग फुटबलको उपाधि भिल्लारियललाई

1.9K

काठमाडौं– म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति पोल्याण्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो।

खेलको २९औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए। खेलको ५५औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा ल्याए।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो।

Advertisement

खेलको नतिजा आउन दुवै टिमले गरी २१ पटक पेनाल्टी प्रहार गरेका थिए। १० वटा  पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्लारियलका रुल्लीले गोल गर्दै टिमलाई जिताए ।

फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।