November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सन्दीप लामिछाने सीपीएलको ट्रिन्बागो नाइट राइडर्समा अनुबन्धित

3.3K

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को आगामी संस्करण ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो।

लामिछानेले लगातार चौथो पटक सीपीएल खेल्दै छन्। पहिलो पटक सन् २०१८ मा उनी सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए। लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको थियो।

यस पटक लामिछानेको अनुबन्धित रकम भने खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा  सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत छन्।

Advertisement

गत वर्षको सीपीएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए। सीपीएल नयाँ संस्करण आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुनेछ।