November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नागरिकता अध्यादेशप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण

3.7K

काठमाडौँ – अध्यादेशमार्फत ल्याइएको नागरिकता सम्बन्धमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिकतासम्बन्धी अध्यादेशमा विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन रहेकोमा गम्भिर ध्यानार्षण भएको जनाइएको छ ।

संघले गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरेको छ ।

Advertisement

देशमा फैलिरहेको कोरोना महामारीमा संस्थाले गरेका कार्यहरुका बारेमा जानकारी गराइएको छ । विज्ञप्तिमा नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेका विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका उल्लेख गर्दै अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह समेत गरिएको छ ।