काठमाडौं– टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको यो सिजनमा सर्वाधिक गोल गरेका छन्।
सिजनको सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट अवार्ड जिते। इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे भने १४ असिस्ट गरे।
लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै केनले अवार्ड जितेका हुन्। सलाहले २२ गोल गरे।
तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका केनले प्रिमियर लिगको प्लेमेकर अवार्डसमेत जितेका छन्।