November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए युगान्डाद्धारा जीतपुर सिमरामा ७८ थान अक्सिजन र स्वास्थ्यसामाग्री सहयोग

6.1K

सिमरा, बारा – गैरआवासीय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बुधबार बारा जिल्लाको जीतपुर सिमरामा रहेको कोभिड उपचार आइसोलेशन सेन्टरमा ७८ थान अक्सिजन र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगरप्रमुख डा.कृष्ण पौडेललाई ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानिय समाजसेवी अनिल तिवारीले अफ्रिकाका एनआरएनएको तर्फबाट उक्त सामाग्री उपमहानगर पालिकाकालाई हस्तान्तरण गरेका हुन् ।

No description available.

सोहि अवसरमा संघले उक्त आइसोलेशन र उपचार केन्द्रलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सरजीकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सर्जिकल मास्क ३ हजार थान र सिटमोल एकसय पत्ता स्वास्थ्य समाग्री समेत हस्तान्तरण गरेको छ । साथै संघले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई स्थानिय बिपन्न नागरिकलाई बितरण गर्न २० थान अक्सिमिटर समेत हस्तान्तरण गरेको छ ।

Advertisement

अफ्रिकाबाट दुई नम्बर प्रदेशका लागि सहयोगको संयोजन गरिरहेका एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले थप ७२ वटा अक्सिजिन सिलिन्डर आज भोलिमा हस्तान्तरण गरि कूल १५० सिलिन्डर उक्त उपमहानगरपालिकालाई सहयोग गरिने जानकारी दिएका छन् ।

No description available.

त्यसैगरी दुई नम्बर प्रदेशका अन्य जिल्लाका लागि सहयोगको तयारी गरिदै गरेको थापाले जानकारी दिएका छन् ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले हालसम्म यस अभियान बाट अक्सिजन सिलिन्डर सहयोग टीकापुर , परासी , रजहर , सिमरा र रत्ननगरका अस्पताललाई भइ सकेको र अब अछाम , कैलाली , कर्णाली प्रदेशको जुम्ला , इलाम , ताप्लेजुङ , गुल्मी , पाल्पा र स्याङ्जाका लागि तयारी हुँदै गरेको बताउनु भयो । उहाँले स– सानो रुपमा भए पनि देशका बिभिन्न स्थानमा अक्सिजन सहयोग गर्ने अभियानमा जोडिनु भएका अफ्रिकाका सबै एनआरएनए राष्ट्रिय समिती र एनआरएन मित्रहरूलाई आभार ब्यक्त गर्नु भयो ।