November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनिस ला लिगा : पराजयसँगै बार्सिलोना उपाधि होडबाट बाहिरियो

2K

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना पराजित भएको छ। क्याम्प नाउमा गएराति सम्पन्न खेलमा सेल्टा भिगोसँग २–१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो।

खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमा  अग्रता बनाए पनि बार्सिलोनाले हारबाट जोगिन सकेन।

सेल्टा भिगोका सान्टी मिनाले ३८औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले नै खेलको ८९ औं मिनेटमा गोल गरी खेल आफ्नो पक्षमा पारे। 

Advertisement

बार्सिलोनाका क्लिमेन्ट लेनग्लेट खेलको ८३औं मिनेट रेड कार्ड खाँदै बाहिरिएका थिए।हारसँगै बार्सिलोनाको लिग जित्ने सपना पूरा भएन।

उपाधि होडमा रहेका  बाँकी टिमले भने गएरातिको खेल जितेका थिए।