November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मातृभूमिको पीडामा जुटे मध्यपूर्वका नेपाली, ६ सय सिलिण्डर अक्सिजन नेपाल पठाउँदै

3.9K

ओमान – कोरोना भाइरस संक्रमितहरुको उपचारमा अत्यावस्यक रहेको अक्सिजन जुटाउनका लागि मध्यपूर्वमा रहेका नेपालीहरु जुटिसकेका छन् ।

गैरआवासीय नेपाली संघ (सोसल क्लव) ओमानका अनुसार मध्यपूर्वमा रहेका एनआरएनए एसनीसीहरुको अगुवाई तथा नेपाली दूतावासको ओमानको सहकार्यमा झण्डै ६०० अक्सिजन सिलिण्डर नेपाल पठाउन लागिएको हो ।

क्लवका अध्यक्ष विकल झाका अनुसार २८ हजार ओमानी रियाल (झण्डै ७५ लाख रुपैयाँ) बराबरको अक्सिजन सिलिण्डर नेपाल पठाउने प्रक्रिया अगाडि बढिसकेको छ ।

Advertisement

झाले उक्त सिलिण्डर गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा नेपाल सरकारलाई हस्तान्तरण गरिने बताएका छन् ।

‘यसअघिका विभिन्न प्रकोपलाई हामीले मानवताको परिचय दिँदै एकआपसको सहयोगमा समस्यालाई परास्त गरिसकेका छौं,’ अध्यक्ष झाले भनेका छन्, ‘कोरोनालाई परास्त गर्न र स्वदेशमा रहेका हाम्रा कोभिड १९ पीडित दाजुभाइ दिदीबहिनीहरुलाई मृत्युको मुखबाट जोगाउन पुनः एक हुँदै सहयोग गर्नुपर्ने अवस्था भएकाले सम्पूर्णमा सहयोगको अपिल गर्दछौं ।’