November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा देखिएको नयाँ भेरियन्ट अत्यधिक संक्रामक : डब्लूएचओ

2.3K

काठमाडौं– भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  बताएको छ।

भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ चेतवानी दिएको छ।

डब्लूएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसले चिन्ताजनक अवस्थामा पुर्याउन सक्ने उल्लेख गरेकी छन्।

Advertisement

डब्लुएचले आधिकारिक रुपमा नै यो भेरियन्टलाई वैश्विक स्तरमा चिन्ता गर्ने भेरियन्ट भएको घोषणा गरेको समेत उनले बताएकी छन्।

यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको बताउँदै डब्लूएचओले यसको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको बताएको छ।

यस भेरियन्टबारे विस्तृत विवरण मंगलबार उपलब्ध हुने मारियाले बताएकी छन्।