November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा ४ लाख बढी संक्रमित, एकै दिन ४ हजार १ सयको मृत्यु

5.8K

भारत– भारतमा कोरोना भाइरसको महामारी जारी छ। पछिल्लो २४ घन्टामा ४ लाख भन्दा धेरै संक्रमित थपिएका छन्। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ लाख १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १ सय ८७ संक्रमितको मृत्यु भएको छ।

Advertisement

राजधानी दिल्लीमा संक्रमण दर घटेको जनाइएको छ। त्यहाँ संक्रमण दर २३.३४ प्रतिशत छ। यसअघि १७ अप्रिलमा यो संख्या २४.५६ प्रतिशत थियो।