November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

क्यानडामा १२ देखि १५ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

5.1K

काठमाडाैं- ड्रग रेगुलेटर हेल्थ, क्यानडाले फाइजर–बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरुद्धकाे खोप  बालबालिकाका लागि प्रयाेग गर्न अनुमति दिएकाे छ।

ड्रग रेगुलेटर हेल्थले बुधबार १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि फाइजरकाे खोप प्रयोगका लागि अनुमति दिएको हो।

यसअघि फाइजरको याे खोप १६ वर्षभन्दा माथि उमेरका मानिसमा मात्र प्रयोग गरिँदै आएकाे थियाे।

Advertisement

अमेरिकामा पनि याे खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई प्रयोग गर्न चाँडै अनुमति पाउने अपेक्षा गरिएको छ। कम्पनीले अमेरिकामा प्रयाेगका लागि खाद्य तथा औषधि प्रशासनले अर्को हप्ताको सुरूमै अनुमति दिने दाबी गरेकाे छ। 

क्यानाडाका स्वास्थ्य प्रमुख  सुप्रिया शर्माले भनिन्, ‘अमेरिकामा १२ देखि १५ वर्षका २,२०० भन्दा बढी किशोरकिशोरीहरूले याे खाेप लगाएका छन्। यसबाट प्राप्त प्रतिक्रियाहरु अध्ययन तथा समीक्षा भइरहेकाे छ।’

उनका अनुसार उक्त अध्ययनले दुई डाेज लिएकाहरुमा संक्रमण राेक्न खाेप १०० प्रतिशत प्रभावकारी देखिएकाे छ।