November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

५४ अंकले बढ्यो शेयर बजार

5.1K

काठमाडौं । साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार ५४ अंकले बढेको छ । बैशाख १६ बाट निषेधाज्ञा लागु हुनुअघि उच्चतम विन्दुबाट झर्दै २ हजार ५ सय ६ विन्दुसम्म ओर्लिएको सेयर बजार सूचक नेप्से पछिल्ला चार कारोबार दिनयता लगातार उकालो लाग्दै २ हजार ६ सय ६५ विन्दुमा पुगेको हो ।

आइतबार २६ कम्पनीको ८३ हजार ४ सय ४ पटकको कारोबारमा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री गरेको छ । नेप्सेसँगै भोल्यूममा पनि वृद्धि देखिएकोले लगानीकर्ताहरुमा उत्साह देखिएको छ । भोल्यूम सहितको वृद्धिलाई बलियो र दिगो मानिन्छ ।

बिशाल बजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोपावरको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपर, ऐभरेस्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १/१ प्रतिशतले घटेको छ ।

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ४२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल पुनर्बिमा कम्पनीको ४० करोड, नेपाल टेलिकमको ३४ करोड, निफ्राको २४ करोड र हिमालयन डिस्टिलरीको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।