मकाउ । मकाउमा पहिलो पटक नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको छ । महासंघको ऐतिहासिक प्रथम अधिवेशनबाट भीमकुमार राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भीमबहादुर गुरुङ, हिरा थापा मगर, दावा पासाङ शेर्पा त्यसैगरि महासचिवमा ओम तामाङ, सचिवमा मेघराज लिम्बू नयोङहाङ, सह–सचिवमा स्भिरेन वाइवा, कोषाध्यक्षमा स्रत्नमणी राई र सहकोषाध्यक्षमा गौरी हुक्पाचोङवाङ चयन हुनु भएको छ ।
त्यसैगरि समितिको सदस्यहरुमा सेरहाङ यक्सो, भीमबहादुर गुरुङ, झालाक्पा शेर्पा, कृष्ण बहादुर तामाङ, शेर बहादुर गुरुङ, त्रिपक शिरिस मगर, अविन राई, छोग्याल शेर्पा, कृष्ण राई र विन्दु सुनुवार चयन भएका छन् ।

नव गठित समितिको संस्थापक संरक्षक सल्लाहकारमा सुदर्शन थापा मगरलाई चयन गरिएको छ भने सल्लाहकारहरूमा चण्डी योङ्या, राकेश राई, कलबहादुर तामाङ, लिल बहादुर गुरुङ र आङ ग्याल्जे शेर्पालाई चयन गरिएको छ ।

किराँत राई यायोख्खा पुर्व अध्यक्ष भीमकुमार राईको प्रमुख अतिथिमा सम्पन्न अधिवेशनमा मकाउ कमर्स एन्ड चेम्बर्सका अध्यक्ष सुदर्शन थापा मगरको बिशेष अथित्यता रहेको थियो । साथै कार्यक्रममा ६ वटा जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेफिन मकाउको प्रथम अधिवेशन कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पून, नेफिन नेपालका उपाध्यक्ष गोविन्द सन्त्याल, साथै वेलायत र हङकङ साथै विभिन्न सरकारी निकायहरू हङकङ तथा मकाउका महावाणिज्य दूत उदय रानामगरलगायतले शुभकामना प्रदान गरेका थिए । विरेन वाइवा र कृष्ण राईद्वारा संचालित कार्यक्रममा शेरहाङ यक्सोले स्वागत मन्तव्य राख्नु भएको थिया ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष राइले नयाँ कार्यसमितिलाई चुस्त दुरुस्त बनाउदै आगामी कार्यक्रमहरु अझ भव्य र सभ्य तवरवाट सम्पन्न गर्ने साथै आगामी दिनहरुमा आदिवासी जनजाति हरुको हितको लागि मात्र नभई विभिन्न जातजातिहरु र संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्दै विभेदको अन्त्य र मानव समान्ताको लागि समर्पित रहने प्रतिवद्धता जनाउनु भएको थियो ।।