November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बराबरीमा रोकिए रियल मड्रिड र चेल्सी

3K

काठमाडौं– युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गतकोे पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन्।

रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १–० को अग्रता लिएको थियो। उनले खेलको १४औं मिनेटमा एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए।

खेलको २३औं मिनेटमा करिम बेन्जिमाको प्रहार पोस्टमा लागेर बाहिरिँदा रियल बराबरीबाट चुक्यो । २९औं मिनेटमा बेन्जिमाले नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

Advertisement

यो बराबरीसँगै चेल्सीलाई अवे गोलको फाइदा हुनेछ। दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा प्रवेश गर्नेछ।

रियलले फाइनल प्रवेशका लागि कम्तीमा पनि १–० को जित निकाल्नुपर्नेछ। दोस्रो लेग ६ मेमा चेल्सीको मैदानमा हुनेछ ।