काठमाडौँ । यति बेला कोरोना भाइरस(कोभिड १९)को दोस्रो वेभबाट भारत नराम्रैसँग प्रभावित बनेको छ ।

उपचार नपाएर तड्पि रहेका, हेर्दा हेर्दै ज्यान गुमाइरहेका, अक्सिजन सिलिण्डरको तानातानको दृश्य कम कहाली लाग्दो छैन । अझ त्यो भन्दा पनि डरलाग्दो त लासैलासको पसारो, एकैपटकमा जलिरहेका लासहरु, जलाउने ठाउँहरु भरिएर सूचना टाँस गरिएका दृश्यहरु हृदय विदारक छन् ।

भारतमा पाँच दिन यता लगातार दैनिक ३ लाख भन्दा बढी मासिन कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टायता तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् भने दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।





तस्विरहरुः अन्तर्राष्ट्रिय संचार संस्था तथा सामाजिक सञ्जालको सहयोगमा