November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएलमा कोलकत्ताको दोस्रो जित

1.9K

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी  शृङ्खलामा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित हात पारेको छ।अहमदाबादमा सोमबार राति भएको खेलमा  पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो।

पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित ४७  रन बनाए भने राहुल त्रिपाठीले ४१ रन बनाए।

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदीप सिंह र दिपक होडाले एक्एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

Advertisement

पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाएका थिए।लोकेश राहुल र निकोलस पुरणले समान १९÷१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए।

कोलकत्ताका प्रसिद्ध कृष्णले ३ तथा सुनिल नारिन र पाट कुमिन्सले समान २/२ विकेट लिए ।जितसँगै कोलकत्ता ६ खेलमा ४ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।समान ६ खेल खेलेको पन्जाब  ४ अंकसहित छैटौं स्थानमा छ ।