काठमाडौँ – स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रियेससले भारतको महामारीको स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमाबढिरहेको कोरोनाको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले विश्वस्थतरमा फेरि बढिरहेकाे संक्रमणप्रति चिन्तासमेत व्यक्त गरे। शुरुको केही साता संक्रमणमात्र बढेकाे भारतमा पछिल्लाे समय मृत्युदर पनि उच्च रुपमा बढिरहेको छ।
कयाै देशमा फेरि नयाँ लहर शुरु भएकाे तर भारतकाे अवस्था दिल टुट्ने भन्दा अधिक खराव रहेकाे टिप्पणी उनले गरे ।
गेब्रियेससले विश्व स्वास्थ्य संगठनले सवै कदम चालिरहेकाे बताए। ‘हामी अहिलेकाे अवस्थाबाट बाहिर निस्कन महत्त्वपूर्ण उपकरण र त्यसकाे आपूर्तिकाे सुनिश्चित गरिरहेका छाैं’, उनले भने, ‘अक्सिजन, माेबाइल फिल्ड अस्पताल र ल्याबलगायतका सामग्रीर प्रयाप्त मात्रामा उपलव्ध गराउने प्रयासमा छाैं।’