भारत– कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारतका अस्पतालहरुले अक्सिजन अभावको सामना गरिरहेका छन्।
अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् भने अक्सिजन लगायत अत्यावश्यक सामाग्रीको अभाव भारतीय अस्पतालहरुले भोगिरहेका छन् । यस्तो अवस्थामा राज्य सरकारहरुले केन्द्र सरकारसँग सहयोग मागिरहेका छन्।
अक्सिजनको आपूर्तिका लागि ओडिशा र छत्तीसगढ जस्ता कयौं राज्यबाट अर्को राज्यका लागि विशेष रेलको व्यवस्था गरिएको छ। कयौं राज्यले अन्य देशहरुबाट समेत सहयोग माग्ने कोशिश गरिरहेको बीबीसीले जनाएको छ।
संक्रमण उच्च भएसँगै कयौं देशले भारतलाई सहयोग गर्ने बचन दिएका छन् भने अक्सिजन तथा अत्यावश्यक मडिकल सामान भारत पठाउन थालेका छन्।
श्रीलंकास्थित चिनियाँ दूतावासले महामारीको यस विषम परिस्थितिको समयमा चीन भारतको साथमा रहेको बताएको छ।
दूतावासले दिल्लीका लागि हङकङबाट ८०० अक्सिजन कन्सेन्ट्रेटर आज पठाइएको र सात दिनमा अरु दश हजार अक्सिजन कन्सेन्ट्रेटर भारत पठाइने जनाएको छ।