November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा कोरोना महामारीको रुप: अक्सिजन खोज्नेहरु घन्टौदेखि लाइनमा

6.7K

भारत– भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिइरहेको छ । राजधानी दिल्लीमा कोरोना संक्रमितका कारण अस्पालहरुमा बिरामीले भरिएका छन् भने अक्सिजन अभाव कायम छ।

मानिसहरु अस्पतालका बेड र अक्सिजनका लागि संघर्ष गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अक्सिजन सिलिन्डर भरनका लागि मानिसहरुको लामो लाइन लागेको छ। 

दिल्लीको नारायणा अक्सिजन फिलिङ प्लान्टमा मानिसहरुको लामो लाइन लागेको छ जहाँ सयौं मानिसहरु अक्सिजन कुरिरहेका छन्। यहाँ अस्पतालबाट एम्बुलेन्सहरुपनि आएका छन् जो अक्सिजन सिलिन्डर लिन आएका छन्। 

Advertisement

अक्सिजनको लाइनमा बसेकाहरुले हिजोबाट आफूहरु अक्सिजन कुरिरहेको बताएका छन् । सोमबार विहान चार बजे अक्सिजनको ट्यांकर आएको भएपनि मध्याह्न हुँदै लाग्दासमेत आफूहरुले पाउन नसकेको बताएका छन्। 

प्रहरीले एसडीएमको निर्देशन कुरिरहेको बताएका छन्। 

एसडीएमले अक्सिजन रिलिजको आदेशमा हस्ताक्षर गरेपछि मात्र वितरण गरिने बताइएको छ। यसका अलावा केही प्राविधिक समस्या रहेको प्रहरीले जनाएको छ। भारतीय अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको छ। 

केन्द्र सरकारको तर्फबाट दिल्लीमा अक्सिजनको कोटा बढाइएको छ। 

दिल्लीमा पछिल्लो २४ घन्टामा २२ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको भने ३ सय ५० जनाको मृत्यु भएको छ।