काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेट २०७८/०७९ मा समावेश गर्न दिएको सुझावको सम्बोधन गर्ने बताएका छन्।
अर्थमन्त्री पौडेलले आइतबार नेपाल महासंघसँग आागामी बजेटको विषयमा छलफल गरेका थिए। छलफलमा व्यवासायीले मूल्य अभिवृद्धि कर १० प्रतिशत कायम गर्नुपर्नेदेखि आयकरको सीमा रकम बढाउने पर्नेभन्दै सबै क्षेत्रलाई समेट्ने गरी सुझाव दिएका थिए।
व्यवसायीले दिएको सुझाव सरकारले सम्बोधन गर्दै बजेटमा समावेश गर्ने प्रतिबद्धता मन्त्री पौडेलले व्यक्त गरे।
‘सरकारले निजीक्षेत्रको महत्व बुझेको छ। निजीक्षेत्रलाई प्रोत्साहित गर्ने, निजी क्षेत्रको मनोवल उच्च बनाउन सरकार उद्दत छ’, उनले भने, ‘निजीक्षेत्रको कठिनाई बुझ्न चाहान्छ र आगामी वजेटमा निजी क्षेत्रले उठाउँदै आएका समस्या एवं गुनासालाई सरकारले सम्बाेधन गर्छ।’
सरकार निजीक्षेत्रसँग बलियो सहकार्यबाट मात्रै मुलुकको आर्थिक विकासमा सम्भव रहेको बताउँदै मन्त्री पौडेलले सरकारको आभास निजी क्षेत्रले आगामी बजेटमार्फत् गर्न पाउने बताए।