November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अनियन्त्रित बन्दै भारतमा कोरोनाको दोस्रो लहर

2.7K

एजेन्सी – भारतमा कोरोनाको दोस्रो लहर लगातार खतरनाक बन्दै गएको छ । त्यहाँ शनिवार एकै दिन मात्र तीन लाख ४८ हजार भन्दा बढीमा कोरोना देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म यो सङ्ख्या एक दिनमा फेला परेको सङ्क्रमणको सबभन्दा बढी सङ्ख्या हो। तीन लाख भन्दा बढीलाई सङ्क्रमण भएको यो लगातार चौथो दिन हो । 

त्यस्तै, भारतमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या पनि ज्यादै भयानक छ । त्यहाँ २४ घण्टामा २७ सय ६१ जनको मृत्यु भएको छ । 

सक्रिय सङ्क्रमित मात्रै २६ लाख बढी

Advertisement

 भारतमा सक्रिय केसहरूको आकंडा  अर्थात् बिरामीहरू जो उपचार भइरहेको छ, उनीहरू २६ लाख पार  भएका छन् । हाल त्यहाँ २६ लाख ७८  हजार २८७  बिरामीहरू उपचारमा रहेका छन्। तयाङ्कको आधारमा भारतमा हर १० लाख मध्येमा ११ हजार ९३६ लाई कोरोना पुष्टि भएको छ । भारतमा एकतर्फ कोरोनाको दोस्रो लहर अनियन्त्रित बन्दै गएको छ भने अर्कोतर्फ दिल्ली देखी महाराष्ट्र जहाँ सबैभन्दा बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन् – त्यहाँका अस्पतालहरू  मेडिकल अक्सिजन, बेड, आइसियु कक्ष  र औषधिको अभावको साथ सङ्घर्ष गर्दै छन् ।

उत्परिवर्तन भेरियन्टका कारण केसहरू बढ्दै 

कोरोनाको  धेरै म्युन्टेन्ट भेरियन्टका कारण भारतमा कोरोना प्रकोप द्रुत रूपमा फैलिएको  विज्ञहरू विश्वास गर्छन् । कोरोनाको नियमप्रतिको जनताको लापरबाहीका कारण पनि अवस्था डरलाग्दो भएको हो । दिनमा तीन लाख भन्दा बढी केसहरू भएपछि अस्पतालमा बेड औषधि र अक्सिजनको गम्भीर अभाव देखिएको छ।