काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ।राजस्थानले कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गरेको हो।
राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रन बनाए भने डेभिड मिलर २४ रनमा नटआउट रहे।यसैगरी, यजश्वी जयसवाल र शिबम दुवेले समान २२–२२ रन बनाएका थिए।
कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिँदा शिबम् माभी र प्रसिद्ध कृष्णले एक–एक विकेट लिए। राहुल त्रिपाठीले सर्वाधिक ३६ रन बनाउँदा दिनेश कार्तिकले २५ तथा नितिस राणाले २२ रनको योगदान गरे।
कोलकातालाई सस्तैमा समेट्ने क्रममा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिएका थिए।