November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जितसँगै लिगको शीर्ष स्थनामा उक्लियो पिएसजी

4.6K

काठमाडौं– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले सहज जित निकालेको छ। युवा स्टार केलियन एमबाप्पेको दुई गोलसँगै पिएसजीले मेट्जलाई सहजै पराजित गरेको हो।

पिएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ गोल अन्तरले हराएको छ। पिएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे। मेट्जका लागि फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो।

खेलको चौथो मिनेटमा नै एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो। ४६औँ मिनेटमा फाविनले फारिद बोउलायाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

Advertisement

खेलको ५९औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै पिएसजीलाई २–१ अग्रता दिलाए। र, खेलको ८९औँ मिनेटमा इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे। 

जितसँगै पिएसजी ३३ खेलबाट ७२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित मेट्ज ४३ अंक जोडेर १०औँ स्थानमा रहेको छ।