November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एडोब र पीडीएफका निर्माता चार्ल्स चकको निधन

6.1K

लस एन्जलस- पोर्टेबल डकुमेन्ट फर्म्याट (पीडीएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ।

सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ।

एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ।

Advertisement

गेस्चेको निर्देशनमा एडोबले विश्वप्रसिद्ध सफ्टवेयरहरु पीडीएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ। यी सफ्टवेयर निकै लोकप्रिय छन्।

सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गरेका थिए।