November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएल : मुम्बई शीर्ष स्थानमा

3.4K

काठमाडाैं– मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)काे शीर्ष स्थानमा उक्लिएकाे छ।शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएकाे हाे। मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरबाद १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १३७ रनमा समेटिएकाे थियाे।

हैदरावादका लागि जोनी बेएरस्टोले सर्वाधिक ४३ रन बनाए। उनले २२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यता, डेविड वार्नरले ३४ बलमा २ चौका र २ छक्कासहित ३६ रनकाे याेगदान दिए। विजय शंकरले २५ बलमा २ छक्का २८ रन बनाए। यस्तै, बिराट सिंहले ११ रन बनाए। अन्यले भने दोहोरो अंक छुन सकेनन्।

मुम्बईका लागि ट्रेन्ट बोल्ट र राहुल चहरले ३/३ तथा जसप्रित बुमराह र क्रुनाल पाण्ड्याले १/१ विकेट लिए। हैदरावादको यो लगातार तेस्रो हार हो। तीनमध्ये दुई खेलमा जित निकाल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

Advertisement

यसअघि चेन्नईको चिदामबरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डिककले ३९ बलमा ५ चौकासहित सर्वाधिक ४० रन बनाए। यता, काइरोन पालार्डले ३५ रन जोडे। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, रोहित शर्माले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए।

बलिङतर्फ हैदरावादका मुजीब रहमान र विजय शंकरले २/२ विकेट लिए। यता खलील अहमेदले १ विकेट लिए। जितसँगै मुम्बई चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। उसले तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार ब्यहोरिएको छ । यता, तीनै खेल हारेकाे हैदराबादले अंकतालिकाको पुछारमा छ।