November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शेफिल्ड युनाइटेड प्रिमियर लिगबाट घटुवा, नर्विच सिटी पुन: उक्लियाे

3.2K

काठमाडाैं– शेफिल्ड युनाइटेड इंग्लिस प्रिमियर लिगबाट च्याम्पियनसिपमा घटुवा भएकाे छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्ससँग १-० ले पराजित हुँदै शेफिल्ड घटुवा भएकाे हाे।

विलियन जाेसेले गरेको गोल नै घरेलु टोली वुल्भ्सलाई जित निकाल्न पर्याप्त बन्याे। उनले ५९औं मिनेटमा गोल गरेका थिए। पराजित भएको शेफिल्ड लिगकाे ६ खेल खेल्न बाँकी हुँदा १४ अंकसहित पुछारमा छ।

वुल्भ्स ३२ खेलबाट ४१ अंकसहित १२औं स्थानमा छ। यता, नर्विच सिटी इंग्लिस प्रिमिर लिगमा बढुवा भएकाे छ। च्याम्पियनसिप फुटबल अन्तर्गत शनिबार भएकाे खेेलमा ब्रेन्टफोर्ड र स्वान्सी सिटीले जित्न निकालेपछि नर्विच स्वतः बढुवा भएको हो।

Advertisement

नर्विच गएको सिजन घटुवा भएर च्याम्पियनसिपमा पुगेकाे थियाे। शेफिल्डले आउँदो सिजन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुपर्ने छ।