काठमाडाैं– पाहुना टाेली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी-२० क्रिकेट सिरिज जितेको छ।
शुक्रबार राति भएको चौंथो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज ३-१ ले आफ्नो बनाएको हो। दक्षिण अफ्रिकाले दिएको १ सय ४५ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानलाई अन्तिम दुई बलमा दुई रन चाहिएको थियाे।। उक्त अवस्थामा मोहम्मद नवाजले छक्का प्रहार गर्दै पाकिस्तानको सिरिज पक्का गराएका थिए।
उनी २१ बलमा १ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे। यता, फकर जमानले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
मोहमद नवाजले २१ बलमा १ चौका र २ छक्कासहित अविजित २५ रन जोडे। यस्तै, कप्तान बाबर आजमले २४ रन बनाए। दक्षिण अफ्रिका सिसान्डा मागला र लिजाड विलियम्सले २/२ विकेट लिए। विलियम्सले ३.४ ओभरमा ३९ रन खर्चिए। मागालाले ४ ओभरमा ३३ रन खर्चिए।