November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बराबरीमा रोकियो टोटनह्याम

2.6K

काठमाडाैं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ।

एभर्टनकाे मैदानमा भएको खेलमा सुरुवाती अग्रता जाेगाउन नसक्दा टोटनह्याम २‍-२ को बराबरीमा राेकिएकाे हाे। टोटनह्यामका लागि दुवै गाेल ह्यारी केनले गरे।

एभर्टनका लागि दुवै गाेल गिल्फी सिगुर्डसनले गरे। खेलकाे २७औँ मिनेटमै केनलले गाेल गर्दै टाेटनह्यामलाई अग्रता दिलाएका थिए। तर, ३१‍औं मिनेटमा एभर्टन खेलमा फर्कियाे।

Advertisement

उसका लागि सिगुर्डसनले पेनाल्टीमार्फत् खेल बराबरीमा ल्याए। दाेस्राे हाफमा थप दुई गाेल भयाे। ६२ औँ मिनेटमा उनैले गाेल गर्दै एभर्टनकाे अग्रता दाेब्बर बनाए। तर, ६८ औं मिनेटमा केनले गाेल गर्दै खेल बराबरीमा ल्याए। तर, खेलको इन्जुरी समयमा उनी चोटग्रस्त भए। उनको गोली गाँठोमा चाेट लागेकाे छ।

बराबरीसँगै ३२ खेलबाट ५० अंकसहित टोटनह्याम सातौं स्थानमा छ। यता, एभर्टन ३१ खेलबाट ४९ अंकसहित आठौं स्थानमा छ।