November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हिमाल आरोहण गर्न एकै दिन ४९ जनाले लिए अनुमति

3.2K

काठमाडौं : पर्यटन विभागले विभिन्न हिमाल गरी एकै दिन ४९ जनालाई आरोहका लागि अनुमति दिएको छ।

वसन्त ऋतुको पहिलो आरोहण अन्नपूर्ण हिमालबाट सफल भएको समेत जानकारी दिएको छ। चार जना नेपाली महिलाले ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल सफल आरोहण गरेका हुन्।

शुक्रबार ४९ आरोहीबाट २ करोड ४८ लाख ५४ हजार २ सय २५ रुपैयाँ संकलन गरेको छ। विभागका अनुसार ४५ करोड १९ लाख ५५ हजार ४ सय ९४ रुपैयाँ राजश्व संकलन गरिसकेको छ। हालसम्म ६ सय २६ जनाले अनुमति लिइसकेका छन्। ४ सय ९३ पुरुष र १ सय ४५ महिला रहेका छन्।

Advertisement

सगरमाथा, मनास्लु, अन्नपुर्ण,धौलागिरी, ल्होत्से, मकालु, नुप्त्से, बरुण से, पुमोरी, हिमलुङ , सारीबुङ , तिलिचो, अम्मा दब्लाम , तेङगापोचे र टुकुचे हिमाल चढ्न अनुमति लिएका छन्। 

सगरमाथा आरोहण गर्न सबैभन्दा बढी ३ सय ३८ ले अनुमति लिएका छन्। ल्होत्से ५५, अन्नपुर्ण ४४, धौलागिरि ३०, नुप्त्से २३, तिलिचो ८,मनास्लु १,पुमोरी २, मकालु ८, बरुण से १२, पुमोरी, हिमलुङ ७, सारीबुङ २, तिलिचो, अम्मा दब्लाम २७, तेङगापोचे २  र टुकुचे १ जनाले आरोहीको लागि अनुमति लिइसकेका छन्।

विभागका अनुसार यस वर्ष आरोहीले पहिलो नुप्त्से हिमालबाट आरोहणको फागुन ९ मा (मार्च ९) अनुमति पाएका थिए। सगरमाथाको लागि चैत १३ गतेबाट अनुमति दिएको हो।

मुलुकभर सरकारले आरोहीका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ।