November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुरु जलविद्युत् परियोजनाको आइपीओ बाँडफाँट

3.3K

काठमाडौं– रुरु जलविद्युत् परियोजनाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ।

सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो।

आइपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका थिए।

Advertisement

आवेदन दिएका मध्ये ७८ हजारको आवेदन रद्द भएको थियो ।

आवेदन दिने १५ लाख ९० हजार ८ सय ९६ जनाको मात्रै आवेदनमध्ये ३७ हजार ९ सय १६ आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्।

कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो ।