November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा थपिए दुई लाख १६ हजार संक्रमित

3.3K

काठमाडौं– भारतमा दैनिक २ लाखभन्दा बडी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४०पुगेको छ। 

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३७ लाख ५८ हजार ९३ संक्रमित रहेका छन्। दुबै देशका ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। 

Advertisement

पछिल्लो २४ घण्टामा ११ सय ८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७४ हजार ३३५ पुगेको छ।

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।